दिउँसोको समयमा बिद्युत लाईन अबरुद्ध हुदाँ गाङ्गेत कम्प्यूटर प्रयोग बिहीन

Posted on: 29 Sep, 2016

ललित बोहरा / असोज १३ ,डडेल्धुरा - दिउँसोको समयमा बिद्युत लाईन अवरुद्ध हुँदा डडेल्धुराको गाङखेत गाबिसमा रहेको उणिकोट माबिका कप्यूटरहरु प्रयोग बिहिन छन । पानि अभावमा दह गाड जलबिधुत आयोजनाबाट सञ्चालित बिधुत सेवामा बिधुत उत्पादन नहुदाँ कम्प्युटर बिषयका बिद्यार्थीहरुलाई पठन–पाठन गराउन निकै समस्या भइरहेको सहकर्मी राम खडकाले खबर पठाएका छन् । दह गाडको पानि सिचाइ तथा अन्य प्रयोजनमा दोहोरो प्रयोग हुन थालेपछि पानिको अभावमा यस्तो समस्या आएको उता दह गाड जलबिधुत आयोजनाले जनाएको छ । यसका साथै बिद्युत लाइन बिस्तारका बेला गाडिएका पोलहरु समेत जीर्ण बन्दा दिउँसोको समयमा रुखहरुमा करेन्ट प्रवाह भई जोखिम बढेको छ । बिधुत सेवा अनियमीत भएपछि त्यस क्षेत्रका अन्य थुपै्र बिद्यालयहरुमा पनि अनिवार्य गरेको कम्प्यूटर बिषय सैद्धान्तिक रुपमा मात्रै सिमीत भएको अभिभावकहरुको गुनासो छ । बिद्युत लाइन पछिल्लो समयमा त्यहाँ रातको समयमा मात्रै बिद्युत प्रवाह हुने स्थानियहरुको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!