हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

Posted on: 30 Sep, 2016

अजोस १४, सिलगढी ।‘‘सक्षम बालिका ,समृद्ध नेपाल’’ भन्ने मुल नाराका साथ अन्तराष्ट्रिय वालीका दिवस २०१६ को अवसरमा आज सिलगढीमा हाजिरी जवाफ प्रतियोगिता गरीएको छ । 

पदम पब्लीक मुक्तिनारायण माध्यमिक विद्यालको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक सहयोगमा सो कार्यक्रम गरीएको हो । उक्त विद्यालयमा अध्यन्तर कक्षा ६ देखि १० कक्षा सम्मका बिद्यार्थि विच हाजिरी जवाफ प्रतियोगिता गरीएको थियो । 

५ वटा समुहमा बिभाजन गरी विभिन्न बिधाका ६० वटा प्रश्नहरु निर्माण गरी सोधिएको थियो । प्रतियोगितामा प्रथम,द्वितीय,तृतीय,चर्थुत र पाँचौ स्थान ओगट्न सफल बिद्यार्थिहरुलाई पुरुस्कार समेत प्रदान गरीएको थियो । 

जिवन उपयोगिता सिप तथा , पाठ्यक्रम भन्दा वाहिरी ज्ञानको वारेमा बिद्यार्थिहरुलाई जानकारी गराउने उदेश्यले डोटीका २० वटा विद्यालयमा बिभिन्न बिद्यामा कार्यक्रम गरी रहेको सामुदायिक विकास केन्द्र सम्भव कार्यक्रमकका  कार्यक्रम अधिकृत  शतिस गुरुङले जानकारी दिनु भयो ।

हाजिरी जवाफ प्रतियोगिताको अध्यक्षता पदम पब्लीक मुक्तिनारायण माध्यमिक विद्यालका प्रधानाध्यापक गिता जोशि रहनु भएको थियो । समापन कार्यक्रममा बोल्दै उहाले यस्ता कार्यक्रमले बिद्यार्थिहरुका क्षमता अभिबृद्विमा सहयोग पुग्ने बताउनु भयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!