पोखराको विन्दबासीनी मन्दिरमा नवदुर्गा महोत्सव सुरु

Posted on: 01 Oct, 2016

असोज १५, पोखरा । नेपालीहरुको महान् चाड बडादशैको अबसरमा पोखराको प्रसिद्ध धार्मिक स्थल विन्ध्याबासिनी मन्दिरमा नवदुर्गा महोत्सब सुरु भएको छ । नवरात्रीको नौ दिन सम्म चल्ने महोत्सबको महोत्सब सुरुवातको अबसरमा घटस्थापनाको दिन शोभायात्रा निकालीएको छ ।

विन्ध्यवासिनी मन्दिर परिसरबाट सुरु भएको शोभायात्रा मोहरियाटोल, भैरवटोल, भिमसेन टोल, नालाको मुख, तेर्सापट्टी, महेन्द्रपुल, चिप्लेढुङ्गा, सिद्धार्थचोक , रामकृष्णटोल, गणेशटोल हुदै पुन मन्दिरमा पुगेर महोत्सबमा परिणत भएको हो ।

शोभायात्रामा नबदुर्गाको ९ रुपको झाँकी , एक सय आठ कलश, बिध्याबासिनी मन्दिरको झाकी, बिभिन्न भजन समुह, जातिय भेषभुषा, सास्कृतिक झाकीहरु, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाल स्काउट, आमा समुह तथा धार्मिक, सामाजिक, शैक्षिक संघसंस्थाहरुको सहभागिता रहेको थियो ।

बिन्ध्यावासिनी धार्मिक क्षेत्र विकास समितिले महोत्सब अन्तर्गत असोज १५ गते घटस्थापनाको दिन देखि महानबमीको दिन सम्म दैनिक भागबत कथा बाचन हुने बिध्याबासिनी धार्मिक क्षेत्रबिकास समितिका सचिब तीर्थ श्रेष्ठले जानकारी दिए ।

महोत्सवका लागि समितिका अध्यक्ष गणेश बहादुर श्रेष्ठले विगत १० बर्षदेखि प्रत्येक बर्ष नवदुर्गा महोत्सब गदै आएको छ । महोत्सब अबधिभर करिब डेढ लाख दर्शनार्थी भित्रने अपेक्षा गरिएको छ । ३ सय बर्षको ईतिहास बोकेको बिन्ध्यावासिनी मन्दिरमा कास्की संगै यस आसपासका जिल्लाहरु तनहुँ लमजुङ, स्याङजा ,पर्बत लगायत काठमाडौ तथा छिमेकी मुलुक भारतबाट समेत दर्शनार्थीहरु आउने गरेका छन् ।

नबरात्रीभर बिहान साढे ४ बजेदेखि साझ ८ बजेसम्म मन्दिर दर्शनको लागि खुल्ला राखिने छ । दर्शनार्थीको चापलाई ध्यान दिदै मन्दिर परिसरमा बिशेष सुरक्षा प्रबन्ध गरिने र महिला र पुरुषको लागि छुट्टा छुट्टै लाइनमा दर्शनको ब्यबस्था मिलाइने श्रेष्ठले जानकारी दिए ।

  


यस बिषयमा तपाइको प्रतिक्रिया...!