पुर्णेश्वरमा स्वागत तथा खेलकुद सामग्री प्रदान कार्यक्रम

Posted on: 01 Oct, 2016

 सङ्कल्प/पर्वत. पर्वतको पिपलटारी-बितलब स्थित पुर्णेश्वर उमाविमा कक्षा एघारमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा बिद्यालयलाई खेलकुद सामाग्री प्रदान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कक्षा १२ को आयोजना साथै छात्रा सरिता पौडेलको अध्यक्षता तथा बिद्यालयका प्राचार्य सरोज के.शि को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सधैझै यस बर्ष पनि आफ्नो शैक्षिक लक्ष्य बोकि बिद्यालयमा नवआगन्तुक बिद्यार्थीलाई शैक्षिक सफलताको निम्ति कलम, अबिर र पुस्पगुच्छाले स्वागत गरिएको थियो ।

कार्यक्रममा बोल्दै बिद्यालयका शिक्षक तथा शिक्षिकाले बिद्यार्थीको लगनशीलता तथा सक्षमताले बिद्यालयले जिल्लामै उत्कृष्ट नतिजा प्राप्त गरिरहेको समयमा आगामी दिनमा पनि नवआगन्तुक विद्यार्थीले यस्तै उत्कृस्ट नतिजा बिद्यालयलाई दिलाउन कुशलता साथ अघि बढ्नुपर्ने सुझाव दिनुभएको थियो । त्यस्तै सोही कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला समिती पर्वतद्वारा बिद्यालयको समग्र खेलकुद क्षेत्रको बिकासका निम्ति बिद्यालयलाई आवश्यक खेलकुद सामाग्री समेत प्रदान गरिएको थियो ।

खेलकुद सामाग्री पुर्णेश्वर इकाइ कमिटीका अध्यक्ष सन्देश सुवेदीले बिद्यालयका प्राचार्य सरोज के.शि लाई प्रदान गर्नुभएको थियो । कक्षा १२ का छात्र कमल सुवेदीको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्राचार्य सरोज के.शि , शिक्षक टंकलाल भुसाल तथा लक्ष्मी अधिकारीले मन्तव्य राख्नुभएको थियो भने स्वागत हुने विद्यार्थीको तर्फबाट अन्जु सुवेदीले आफ्नो मन्तव्य राख्नुभएको थियो । साथै कार्यक्रममा ममता नेपाली ,करिश्मा नेपाली, मन्जु लामिछाने , मिना तिवारी , बिपना तिवारी, उषा तिवारी लगायतले गितमार्फत नवआगन्तुक विद्यार्थीको शैक्षिक अवस्था समुज्वल रहोस भन्ने कामना गरेका थिए भने कार्यक्रमको संचालन शिव सुवेदीले गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!