जेष्ठ नागरिकलाई सम्मान गर्दै डडेल्धुरामा अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईयो

Posted on: 01 Oct, 2016

असोज १५ / डडेल्धुरा  -  अमरगढी नगरपालिका भित्रका जेष्ठ नागरिकलाई सम्मान गर्दै डडेल्धुरामा २३ आँै अन्र्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईएको छ । अमरगढी नगरपालिका भित्रका एक वडा बाट दुई जना जेष्ठ नागरिक गरी ११ वटै वडा बाट २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । ‘जेष्ठ नागरिक प्रति गरिने भेदभाव विरुद्ध उभिआँै’ भन्ने नाराका साथ मनाईन लागेको जेष्ठ नागरिक दिवसका अवसरमा १५ सय रुपैया सहित दोसल्ला ओढाई शनिबार अमरगढी नगरपालिका भित्रका जम्मा २५ जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको छ ।

सम्मान कार्याक्रममा डडेल्धुराको समग्र विकासका लागि विभिन्न क्षेत्रमा योगदान पु¥याउने जेष्ठ तिन नागरिकलाई पनि सम्मान गरिएको थियो । अमरगढी नगरपालिका र महिला तथा बालकालिका कार्यालयको आयोजनामा जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।  सम्मानित जेष्ठ नागरिकहरुले बुढेसकालमा आफुलाई सम्मान गरेको प्रति खुसि व्यक्त गर्दै सम्मान गर्ने कार्यालय एवं नेपालमा दिगो शान्तिको कामना सहित संस्कृति नछोड्न सबैलाई आग्रह गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!