श्रीमद् भागवत नवाह एवं शक्ति साधना महाअनुष्ठान सुरु

Posted on: 02 Oct, 2016

असोज १६, हेटौडा | असत्य माथि सत्यको विजय स्वरुप मानिने विजया दशमिको अवसर पारेर श्रीमद् भागवत नवाह एवं शक्ति साधना महाअनुष्ठान सुरु भएको छ । हेटौडा ८ कमानेमा आज वाट सुरु भएको महाअनुष्ठान नवरात्र अर्थात असोज २४ गते सम्म संचालन हुने छ । 

अनुष्ठान लोक कलयाण सेवा प्रतिष्ठान द्धारा संचालित राम जानकी वालिका कन्या गुरुकुल आश्रम चितवन र मनकामना क्षेत्र विकास समिती हेटौडा ८ कमानेको संयुक्त आयोजनामा सुरु भएको को हो । मुल आयोजक समिती संयोजक अर्जुन ढुंगानाको अध्यक्षतामा भएको उद्धघाटन समारोहमा श्री ओम वावा आश्रमम का संथापन ओम वावाको प्रमुख आतिथ्यता रहेको थियो । 

त्यस्तै कार्यक्रममा विभिन्न पार्टिका प्रमुख तथा प्रतिनिधी, सामाजिक ब्यकत्वि , उद्योगी ब्यवसायी हरुको  विष्स्टि आतिथ्यता रहेको थियो । ९ दिन  चल्ने अनुष्ठानमा  बाल वाचिका उमा महेश्वरी स्मृति टण्डनले कथा बाचन गर्नु हुने छ  । यसविच अनुष्ठान संचलान र लोक कल्या सेवा प्रतिष्ठनको सहयोग लागि आज पहिलो दिन ३८ हजार प्राप्त भएको को विस्व हिन्दु महासंघ मध्यमाञ्चल अध्यक्ष तथा उद्योग पति वासु कार्किले ३० हजार र प्रमुख सत्य ओम वावाले ५ हजार पाँच सहयोग गर्नु भएको आयोजकले जनाएको छ ।   

यस बिषयमा तपाइको प्रतिक्रिया...!