मकवानपुरमा यात्रुबहाक बस दुर्घटना, ३ जनाको मृत्यु (अपडेट)

Posted on: 02 Oct, 2016

जीवराज बख्रेल | असोज १६, हेटौडा | मकवानपुरको हाँडीखोलमा गाडी दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । अन्य ३१ जना घाइते भएका छन् ।

मकवानपुरको हाँडीखोलाबाट हेटौंडा बजारका लागि छुटेको ना ४ ख ४३०७ नम्बरको गाडी मकवानपुरको हाँडीखोला–२ मकरीमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि हाँडीखोला–२ का ३० वर्ष सूर्यबहादुर लामा र चार वर्षका प्रनिस लामिछाने को ज्यान गएको हो । ज्यान गुमाउनेमा एक महिला पनि रहेको र उनको पहिचान खुलेको छैन । घाइतेको हेटौंडाको चुरेहिल अस्पताल र हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।

घाइते मध्य केहिको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ। मोड छोटो रहेको भिरपनि रहेकोले गाडि जोगाउन  भित्तामा ठोकाएकाएको द’र्घैटा भएको मकवानप’र प्रहरीले जनकारी दिएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!