माटेदेवलमा ११ सदस्यीय क्रान्तिकारी संगठन विस्तार

Posted on: 02 Oct, 2016


असोज १६ पर्वत ।
पर्वतको माटेदेवल जनसहयोगी उच्च मावि मुडिकुवामा नेकपा (क्रान्तिकारी माओवादी) निकट अनेरास्ववियु क्रान्तिकारी बिध्यार्थी संगठनको ११ सदस्यिय मुल ईकाई समिति गठन भएको छ ।
    उच्च मावि स्तरीय मुल ईकाई समितिको संयोजकमा सुदर्शन गौंडेल, सचिवमा रणविरजंग थापा र कोषाध्यक्षमा अमृत सुनार रहेका छन् ।
    यसैगरी समितिका अन्य सदस्यहरुमा अनिल जिसी, शैलेश विक, सुरज नेपाली र सागर गौंडेल रहेका छन् । चार सदस्य पछि थप गर्ने गरी निर्माण भएको सो समितिले शैक्षिक सुधारका कामहरुलाई सुधार गरी लैजाने निर्णय समेत गरेको     छ ।
यसैविच मुडिकुवामा ११ सदस्यीम  क्रान्तिकारी युवा लिग नेपाल गठन भएको छ । समितिको संयोजकमा शम्सु मिया, सचिवमा अनिल जिसी, कोषाध्यक्षमा अमिन खान रहेका छन् । दुई सदस्य पछि थप्नेगरी गठित समितिका अन्य सदस्यहरुमा दिपु घिमिरे, टेक बहादुर नेपाली, ईसाईन खान, मोहम्मद सरिफ खान, शैलेश विक रहेका छन् । क्रान्तिकारी युवा लिग नेपाल मुडिकुवा वडा स्तरीय समितिको सल्लाहकारमा अजबदिन मिया चयन हुनुभएको नेकपा (क्रान्तिकारी) माओवादी पर्वतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!