घरेलु मदिरा नियन्त्रण अभियान,पहिला सम्झाइयो,पछि फालियो

Posted on: 02 Oct, 2016

असोज १६ पर्वत । नगरपालिकाको गल्लीगल्लीमा अबैध रुपमा संचालनमा आएका घरेलु मदिरा उत्पादन भट्टी तथा विक्रि गर्न होटलमा राखिएको मदिरा प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ ।   
    कुश्मा बजारको गल्लीगल्लीमा अबैध रुपमा घरेलु मदिरा उत्पादन गर्नेको संख्या बढेको पाइए पछि अघिल्लो महिनामा सचेतना जगाउदै हिडेको प्रहरी अहिले धमाधम मदिरा नियन्त्रणमा लिन थालेको छ ।
     सचेता जगाएता पनि मदिरा उत्पादन नरोकिएकोले नियन्त्रणमा लिनको लागि बाध्य भएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यलय, घरेलु, नगरपालिका, जिल्ला प्रहरी कार्यालय, सामुदायिक सेवा केन्द्र, र ट्राफिक कार्यालयले संयुक्त रुपमा बजार अनुगमन गर्दा अवैद्य रुपमा  उत्पादन तथा विक्रि गर्नको लागि तयार पारिएको घरेलु मदिरा      प्रहरीले नियन्त्रणमा लिइ नष्ट       गरेको हो । चाडपर्व शुरु भएसँगै    मदिराको विकविक बढेपछि घरेलु मदिरा नियन्त्रण अभियानमा प्रहरी र सरोकारवाला निकाय जुटेको      हो ।  
    अनुगमन टोलीले      खरेहा शिवालय चोक, बडागाउँ र प्रगतिचोक लगायतका चोक बाट झण्डै २ हजार भन्दा बढी घरेलु मदिरा नष्ट गरेको छ । अनुगमन क्रममा टोलीले १ सय घरमा अबैध रुपमा घरेलु मदिरा उत्पादन हुने गरेको भेटाएको       छ ।
    चाडपर्व शुरु भएसँगै       मदिराको प्रयोग बढ्ने भएकोले अनुगमन थालिएको र अनुगमनलाई अझै तिब्रताका साग अगाडि बढाईने   प्रहरी निरिक्षक मधुकर जग बिष्टले बताए ।
    उनले पटक पटक सबैलाई सचेत गराउँदा समेत अटेर गरेपछि आफुहरु अभियानका साथ अगाडि बढेको जानकारी दिए । प्रहरी मदिरा नष्ट गरेको छ भने उत्पादन गर्ने समाग्रीहरु जफत गरेको छ ।
     घरेलु मदिरा बेच्नेले भन्दा पनि जिल्लामा ठूलाठूला ब्राण्डका रक्सी बेच्नेहरुको विगविगी छ । रक्सी विक्रि      वितरण गर्नको लागि आवश्यक पर्ने मापदण्ड तथा इजाजत नलिई  विदेशी ब्राण्डका रक्सी बेच्नेहरुको जमातमा कमि छैन ।
    त्यस्त होटल संचालकलाई निरन्तरणमा लिइ कानूनी दायरामा ल्याउनको सट्टा सरोकारवाला निकायले परिवार पाल्नको लागि संचालन गरेको     घरेलु मदिरा उत्पादनमा आँखा लगाएको सर्वसाधरणको गुनासो     छ ।
    सानालाई ऐन ठूलालाई चैन भनेजस्तो गरी विदेशी तथा स्वदेशी ब्राण्डका गैरकानूनी तबरबाट रक्सी बेच्नेहरुलाई पक्राउ गर्नको लागि भने कसैले पहल गर्न सकेको छैन । यता जिल्ला प्रहरी कार्यलय पर्वतले दसैँ, तिहार, छठलगायत चाडमा मादक पदार्थ सेवन (मापसे) जाँचलाई कडाइ गर्ने भएको छ । चाडबाडका समयमा धेरै मानिसले मापसे गरेर सवारी चलाउने र दुर्घटना धेरै हुने भन्दै सवारी चेकजाँचमा कडाई        पारिएको छ ।
    यसैविच दशै तिहारमा यात्रुहरु ठगिने भन्दै प्रहरीले नागरिक साहेता कक्षको स्थापना गरेको छ । शिवालय चोकमा नागरिक सहायता स्थापना गरी घटस्थापनाको दिनदेखि प्रहरीले सवारी साधनमाथि निकै निगरानी राखेको छ । आफुलाई ठगिएको महसुस भए वा तोकिएको भन्दा बढी भाडा मागेमा वा सहचालकले दुख दिएमा उजुरी गरे आफुहरुले त्यस्ता बस व्यवसायीलाई तत्काल कारवाही गर्ने प्रहरीले जनाएको छ । प्रहरीले यतिबेला जिल्लामा विभिन्न अपराधमा फरार रहेका अभियुक्तलाई पक्राउ गर्ने अभियानलाई समेत तिब्रता दिएको छ । हालसम्म हप्ता दिनमा ३ दर्जन भन्दा बढी फरार अभियुक्तलाई    प्रहरीले नियन्त्रणमा लिएर कानूनी दायरामा ल्याइसकेको छ ।
    यता बाग्लुङ प्रहरीले पनि विभिन्न स्थानबाट ठूलो मात्रमा घरेलु मदिरा नियन्त्रणमा लिइ नष्ट गरेको छ ।  १५ हजार भन्दाबढी लिटर मदिरा तथा कर्चा पदार्थ नियन्त्रणमा लिइ नष्ट गरेको हो । चाडपर्वमा मदिराको प्रयोग बढ्ने र यसले समाजमा प्रत्यक्ष प्रभाव पार्ने भएका कारण मदिरा नियन्त्रण अभियान चलाएको बुझिएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!