मनराम-एसकाज पत्रकारिता पुरस्कार विस्टलाई दिने घोषणा

Posted on: 02 Oct, 2016

असोज १६, संखुवासभा । संखुवासभामा लामो समयदेखि पत्रकारिता गर्दै आएका पत्रकार  गंगा विष्टलाई मनराम - एसकाज पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरिएको छ। पुरस्कारको राशी २५ हजार रुपैया रहेको छ ।  

विस्ट हाल गुँरास एफएमका स्टेशन म्यानेजरका रुपमा कार्यरत उनले  निरन्तर पत्रकारिता क्षेत्रमा रही संखुवासभा जिल्लाको विकास, निर्माण, सामाजिक, पर्यटन लगायतका क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। पुरस्कार यहि २०७३ साल आश्विन १९ गते बुधबारका दिन माननीय सञ्चारमन्त्रीको हातबाट प्रदान गरिने कार्यक्रम रहेको एसकाज महासचिव हेमन्त गौतमले जानकारी दिए। 

यस बिषयमा तपाइको प्रतिक्रिया...!