बस पार्क नजिकै बाट डडेल्धुरा प्रहरीद्वारा जुवाडे पक्राउ

Posted on: 02 Oct, 2016

ललित बोहरा, असोज १६ डडेल्धुरा -  जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आईतवार जिल्ला सदरमुकामबट  पाँच जना जुवाडे  लाई पक्राउ गरेको छ । जिल्ला सदरमुकाम बागवजार बसपार्कको  पिपल चौतारा नजिक रहेको एक होटल बाट जुवा खेलीरहेको अवस्थामा  पाँच जानलाई जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।  आइतबार दिउसो पिपल चौतारा नजिक रहेको छाप्रा बाट जुवाडेहरुलाई प्रहरीले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ । विशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जुवाडेहरुलाई पक्राउ गरेको जनाएको          छ ।

यो भन्दा अगाडी पनि जिल्ला सदरमुकाम क्षेत्र बाटै दुई पटक जुवाडेहरुलाई प्रहरीले पक्राउ गरेको थियो  । तर पक्राउ गरेपनि राजनितिक दलको दवावकाकारण जुवाडेहरुलाई कानुन अनुसार कारवाही गर्नका लागि समस्या भएको प्रहरी स्रोतले बताएको छ । जुवाडेलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा नपुगाउँँदै जिल्ला स्थित केही स्थानिय राजनितिक कार्यकर्ताको फोन आउने गर्दा छोड्नु पर्ने वाध्यता रहेको प्रहरी स्रोतले वताएको छ । दुई पटक पक्राउ गरेका जुवाडेहरुलाई चौविस घट्टा नवित्दै प्रहरीले छोडेको  थियो ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!