फेरी अबैध घरेलु मदिरा र कच्चा पदार्थ बरामद गरी नष्ट

Posted on: 02 Oct, 2016

ललित बोहरा, असोज / १६ डडेल्धुरा  

डडेल्धुरा प्रहरीले फेरी अबैध घरेलु मदिरा र मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरी नष्ट गरेको छ । यस अघि फरक–फरक ठाउँमा अबैध घरेलु मदिरा बरामद गरी नष्ट गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले शनिबार जिल्लाको अमरगढी नगरपालिका ४ को खलङगा भन्ने ठाउँमा अनिल मगरको घरबाट ४ लिटर तयारी घरेलु मदिरा र सो मदिरा बनाउन प्रयोग गरिने ८० लिटर कच्चा पदार्थ बरामद गरेर आईतबार पत्रकार सम्मेलन गरि नष्ट गरिएको हो । यो आर्थिक बर्षको अहिले सम्म जिल्ला प्रहरी कार्यालयले आईतबारको समेत गरी २० लिटर तयारी अवस्थाको घरेलु मदिरा र दुई सय ९० लिटर मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ बरामद गरेको प्रहरी निरीक्षक(ईन्सपेक्टर) केशव चन्दले जानकारी दिनुभयो । साथै केही मात्रामा मदिरा निशेधित क्षेत्रबाट विभिन्न प्रकारका मादक पदार्थहरु बरामद गरि नष्ट गरिएको उहाँले जानकारी दिनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!