जनसेवा र चन्दननाथ युवाक्लब डिल्ली स्मृती कपको फाइनलमा प्रवेश

Posted on: 02 Oct, 2016

नन्दराम जैशी/असोज १६, जुम्ला । जुम्लामा जारी डिल्ली स्मृती कप २०७३ मा जनसेवा युवाक्लब छिना र चन्दननाथ युवाक्लब खलंगा बजार  फाइनल खेलमा प्रवेश गरेका छन् । 

आइतबार सम्पन्न भएका सेमिफाइनलका २ वटा खेलमा विजयि हुदै जनसेवा युवाक्लब छिना र चन्दननाथ युवाक्लब खलंगा बजार  फाइनल खेलमा प्रवेश गरेका हुन् । जसमा आइतबार बिहान भएको पहिलो खेलमा ० का विरुद्ध १ गोलले ढाँडथपला युवाक्लबलाइ हराउदै चन्दननाथ युवाक्लब विजयि भएको थियो ।

 यस्तै दिउसो भएको दोस्रो खेलमा १ का विरुद्ध २ गोल गर्दै लेकालि युवाक्लबलाइ हराएर जनसेवा युवाक्लब छिना विजयि भएको छ । जिल्लामा जारी डिल्ली स्मृती कप २०७३ अन्र्तगत असोज १८ गते फाइनल खेल हुने भएको छ । फाइनल खेलमा जनसेवा युवाक्लब छिना र चन्दननाथ युवाक्लब खलंगा बजारबिच कडा प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।   

 भुपु शान्ति तथा पुनः निमार्ण राज्य मन्त्री डिल्ली बहादुर महतको सम्झनामा फुटबल प्रतियोगिता भएको हो । प्रतियोगिताको उपाधि जित्ने टिमले पुरस्कार स्वरुप ५० हजार रकम प्राप्त गर्ने भएको छ । भने द्धितिय उपाधि प्राप्त गर्ने टिमले रु ३५ हजार रकम प्राप्त गर्ने आयोजकले जनाएको छ ।     

यस बिषयमा तपाइको प्रतिक्रिया...!