काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको बस पोखरामा दुर्घटना

Posted on: 03 Oct, 2016

असोज १७, पोखरा | काठमाडौंबाट बागलुङतर्फ जाँदै गरेको बस पोखरा २७, हेम्जाको याम्दी पुल नजिकै दुर्घटना हुँदा करिब २५ जना यात्रु घाइते भएका छन् । जस मध्ये एक जनाको अवस्था गम्भीर छ ।

ढोरपाटन यातायात ब्यबसायी संघद्वारा सञ्चालित ग.१ ख.६१६९ नम्बरको उक्त रात्री बसले पोखराबाट बाग्लुङ तर्फ नै गइरहेको अर्को एक बसलाई ओभरटेक गर्ने क्रममा अनियन्त्रित भई दुर्घटना भएको स्थानीयवासीले जानकारी दिएका छन् ।

बस पल्टिएलगत्तै अर्को बसका चालक तथा यात्रुहरुले घाइतेहरुको तत्काल उद्दार गरेका थिए । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!