पोखरामा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु, १६ घाइते (नाम सहित)

Posted on: 03 Oct, 2016


कमल सुवेदी | असोज १७, पोखरा | काठमाण्डौबाट बुर्तिबाङ जादैगरेको वस पोखराको याम्दी पुल नजिक दुर्घटना  हुदा दुइ जनाको मृत्यु भएको छ ।

काठमाण्डौबाट बाग्लुङको बुर्तिबाङको लागी हिडेको ढोरपाटन यातायात ब्यवशायी समितीद्धारा सञ्चालित ग १ ख ६१६९ नम्बरकोबस पोखराको याम्दी पुल नजिक आज बिहान ५: ३० वजे दुर्घटना भएको हो ।

दुर्घटनामा परि गुल्मी नेटा गाबिस दुईका ४५ वर्षिय मनुमया अर्याल र उनका नाती दुइ वर्ष ६ महिनाका अजित अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यात्रुबाहक वसमा सवार अन्य २३ जना घाइते भएका छन । घाइतेको अहिले पोखराको मनिपालमा उपचार भइरहेको छ । संगैको बसलाई ओभरटेक गर्ने क्रममा बस दुर्घटना भएको थियो ।

घाइतेको नामसहित 

सरस्वती अर्याल,

जीवन अर्याल

नारायण अर्याल

बुढा मगर

घलेन्द्र बुढा मगर

 चन्द्रकला थापा

 मिना बिक

भिम माया घर्ति मगर

लेख बहादुर कामी

बाल कुमारी घर्ती मगर 

तेजेन्द्र सुनार

सृष्टी पुन

आसा पुन 

देबी घर्ती मगर

शिला घर्ती मगर 

बिश्वास घर्ती मगर 

यस बिषयमा तपाइको प्रतिक्रिया...!