डडेल्धुराको जोगबुढा क्षेत्रमा बिद्युत लाईन अझै बन्द, सुचारु हुन २ दिन लाग्ने

Posted on: 04 Oct, 2016

असोज १८ / डडेल्धुरा  -  डोटीको बुडरमा रहेको ट्रान्सफर्मर बिग्रदा तिन दिन देखि डडेल्धुराको भित्रि मधेश क्षेत्र जोगबुढा अन्धकारमय भए संगै सञ्चार विहिन भएको छ । १.५ केभि क्षमताको ट्रान्सफर्मर बिग्रदा जोगबुढा क्षेत्र परशुराम नगरपालिका र आलिताल गाविसमा तिन दिन देखि बिद्युत लाईन बन्द भएको हो । बिद्युत लाईन सुचारु नहुदा त्यस क्षेत्रका स्थानिय अध्यारोमा बस्न बाध्य भए संगै सञ्चारबाट बञ्चित भएका छन ।

        बिद्युत लाईन सञ्चालन हुन नसक्दा स्थानियको दैनिक जिवन प्रभावित भएको परशुराम नगरपालिका कार्यकारी अधिकृत लालबहादुर योगीले बताएका छन ।  ट्रान्सफर्मर बदल्नु पर्ने भएकाले अबको तिन दिन भित्रै फेरी सक्ने बिद्युत   प्राधिकरण डडेल्धुराले जनाएको छ । ट्रान्सफर्मर माग गरि सकेकाले पर्सि सम्म डडेल्धुराको भित्री मधेश क्षेत्रमा बिद्युत लाई सञ्चालन हुने बिद्युत प्राधिकरण वितरण शाखा डडेल्धुराले जनाएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!