करेन्ट लागेर बालकको मृत्यु

Posted on: 04 Oct, 2016

असोज १८, पर्वत । पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ खरेहामा करेन्ट लागेर आज दिउँसो एक बालकको ज्यान गएको छ । 

रौटहट जिल्लाको शीतलपुर–८ घर भई कुश्मा नगरपालिका–११ खरेहामा बस्दै आएका रमेश मुखियाका चार वर्षीय छोरा राजन मुखियाको ज्यान गएको हो । उनको हातमा करेन्ट लागेको थियो । घरमा बिजुलीको तार खेलाउँदा हातमा करेन्ट लागेको र उनकी आमाले छुटाउन गए पनि नसकेपछि उनको मृत्यु भएको प्रहरीले जनाएको छ । 

करेन्ट लागेर गम्भीर घाइते भएका बालकको उपचारका लागि जिल्ला अस्पताल पर्वतमा लैजाँदै गर्दा बाटैमा मृत्यु भएको पनि जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधुकरजङ्ग विष्टले जानकारी दिनुभयो । 

बालकको शव परीक्षणका लागि अस्पतालमै राखिएको छ । मृतकका बाबु रमेश मुखिया सोही ठाउँमा रहेको मनकामना टायर पसलमा कार्यरत रहेका छन् । रासस 

यस बिषयमा तपाइको प्रतिक्रिया...!