नेफ्स्कुनको फिल्ड कार्यालय डडेल्धुरामा

Posted on: 04 Oct, 2016


ललित बोहरा / १८ असोज डडेल्धुरा - नेपाल बचत तथा क्रण सहकारी केन्दीय संघ लिमीटेड (नेफ्स्कुन) ले आफनो फिल्ड कार्यालय डडेल्धुरामा पनी मङलबार उद्घाटन गरेको छ । नेपाल बचत तथा क्रण सहकारीहरुको क्षमता बृद्धी तालीम,सहकारीको सिद्धान्त र अबधारण बारेमा जनचेतना जगाउने, प्रतिस्पर्धी बित्तीय सेवा आपुर्ती तथा नवीकरण,प्राबिधीहरुको हस्तातरण र सदस्यहरुको बृद्धी  गर्ने उद्देश्ले फिल्ड कार्यालयको स्थापना गरेको हो । यू.के.एडको लगानीमा सक्षम एक्सेस टू फाईनान्स कार्यक्रमको सहकार्यमा  फिल्ड कार्यालय सुञ्चारु गरेको हो । नेपाल बचत तथा क्रण सहकारी नामले दर्ता गरेकाहरु मात्र सदस्य रहने नेफ्स्कुनले आफना सदस्यहरुलाई बितीय रुपमा सक्षम बनाउन क्रण लगानी समेत गर्ने गर्दछ । 

कार्यालयको मुल ढोकामा लगाएको बोर्ड 
फोटो =आसिष मल्ल

यस बिषयमा तपाइको प्रतिक्रिया...!