हेटौंडामा ११ जनाद्वारा रक्तदान

Posted on: 27 Nov, 2015

मंसिर ११, हेटौंडा । नेकपा एमाले मकवानपुरले विहिबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा ५ स्थित पार्टी कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा ११ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र मकवानपुरले जनाएको छ ।

पार्टीको १०औं जिल्ला अधिवेशन नजिकिंदै गरेको अवसरमा आयोजित कार्यक्रममा भने थोरैले रक्तदानमा सहभागी भएको उल्लेख छ । मकवानपुरलाई भने रगत आपुर्तीको अवस्था सामान्य रहे पनि अन्य जिल्लामा भने मागे पनि पठाउन नसकिएको रक्तसञ्चार केन्द्र प्रमुख टंक दाहालले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले मकवानपुरका संयोजक रामचन्द्र राई लगायत अन्य नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!