नेपाल प्रहरी ६१ औँ स्थापना दिवस

Posted on: 06 Oct, 2016

ललित बोहरा, /२० असोज  डडेल्धुरा | “कानुन भन्दा कोही छैन माथी आपत विपतमा प्रहरी मेरो साथी” भन्ने मूल नाराका  साथ नेपाल प्रहरी डडेल्धुराले आफनो ६१ औँ स्थापना दिवस १० दिन पहीले मनाएको छ । दशै तिहारमा बिदा रहेकाले नेपाल प्रहरीले देशभर आफनो दिवस बिहीबार मनाएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको अयोजनामा आज मनाइएको दिवसमा प्रहरी महानिरिक्षक उपेन्द्र कान्तअर्यालले पठाउनु भएको सन्देश डडेल्धुरा प्रहरीका प्रमुख प्रेम बहादुर साहीले प्रस्तुत गरेका थिए । नागरीक प्रहरी दाजुभाई सुरक्षीत बनाउ समाजलाई भन्ने सोचाईका साथ अगाडी बढने प्रहरीले दिवसको पूर्व सन्ध्यामा आयोजना गरेका खेलकुलहरुको प्रथम ,दित्तीय र तृतीयलाई पुरस्कृत गरेको थियो । साथै दिवसमा अमर प्रहरीका घरपरिवारका सदस्यहरु र भूपु प्रहरी कर्मचारीहरुलाई दोसल्ला ओडाई सम्मान गरेको छ । दिवसको अवसरमा उत्कृष्ट काम गर्ने सात जना प्रहरीलाई नगद पुरस्कार प्रदान गरिएको छ । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!