ओमद्धारा डष्टबिन बितरण

Posted on: 06 Oct, 2016

असोज २०, पोखरा | पोखरामा प्रधान कार्यालय रहेको ओम डेभलपमेन्ट बैंकले डष्टबिनहरु बितरण गरेको छ । घर आँगन जस्तै टोल पनि सफा राखौं भन्ने नाराका साथ चितवनको पदमपुर क्षेत्रमा ४० थान फोहर फाल्ने डष्टबिनहरु वितरण गरेको हो ।

चितवनका २ वटा शाखाका शाखा प्रवन्धकहरु र कर्मचारीहरुले एक सो क्षेत्रका स्थानिय टोल बिकास संस्था, महिला समुह, सहकारी, समाजसेवी, स्थानिय बुद्घिजिवी, व्यपारी, उद्योगी, तथा बिभिन्न क्षेत्रका ब्यक्तिहरु उपस्थित कार्यक्रम बिच उक्त डस्टबिनहरु हस्तान्तरण गरिएको हो । 

सिटी डेभलपमेन्ट बैंक लिमिटेड र ओम फाईनान्स लिमिटेड एक आपसमा गाभिएर बनेको राष्ट्रिय स्तरको ओम डेभलपमेन्ट बैंकको २५ वटा रहेका छन् भने नयां ६ वटा शाखा खोल्न नेपाल राष्ट्र बैंकबाट स्विकृती पाएको छ । बैंकले यहि कार्तिक २ गते १० औं बार्षिकोत्सवको उपलक्ष्यमा प्रधान कार्यालय, चिप्लेढुंगा पोखरामा रक्तदान तथा अन्य सामाजिक कार्य गर्ने योजना रहेको बैंकका प्रमुख कार्यकारी बिश्व मोहन अधिकारीले बताए  ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!