जेसीज सप्ताह २०१५ बुधबार वाट सुरु

Posted on: 03 Dec, 2015

जिबराज बख्रेल/ मंसिर १७, मकवानपुर । हेटौडा लेडी जेसीजको जेसीज सप्ताह २०१५ बुधबार वाट सुरु भएको छ । बुधबार वाट सुरु भएको कार्यक्रम १९ गते सम्म चल्ने जनाइएको छ ।समाजिक कार्य गर्दै सप्ताह मनाउन लागेको जेसिजले बुधबार सचिवालय कर्रामा समुन्नत समाज को लागि महिला नेतृत्व विषयक अन्तर जसीज वक्तृत्वकला प्रतियागिता गरेको छ  । त्यस्तै विहिबार महिला सिप विकास हुप्रामा अन्तरक्रिया कार्यक्रम र अपाङग तथा पुनस्थापना केन्द्रमा शैक्षिक सामाग्री वितरण गर्ने ,१८ गते भुटनदेवी मन्दिर सरसफाई स्व सजनी कोजुको स्मृतिमा छात्रावृत्ति वितरण कार्यक्रम रहेको महासचिव सोफिया फागुले जानकारी दिनु भएको छ , यसैगरी सप्ताह ्ब्यापि कार्यक्रम अन्तर्गत मकवानपुर जेसिज मिलन कार्यक्रम वनभोज तथा जेसिज सप्ताह समापन कार्यक्रम दक्षिणकाली मन्दिर सानो पोखरामा हुने भएको छ , आज पहिलो दिन अखण्ड हरिकिर्तन मन्दिरमा उद्धघाटन तथा शुभकामना आदान प्रदानकार्यक्रम भएको थियो । कार्यक्रम हेटौडालेडि जेसिज अध्यक्ष राधिका श्रेष्ठको अध्यक्षता तथा हेटौडा जेसीजका पुर्व अध्यक्ष तथा नेपाल जेसिजका पुर्वअध्यक्ष जे सि आइ सिनेटर राजेश मोहन प्रधानको प्रमुअ अतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा मुल कार्यक्रम संयोजक निसा रोका ,नेपाल जेसिजका उपाध्यक्ष श्रद्धा सिलवाल ,हेटौडा जेसीजका अध्यक्ष दिपक राज मिश्र,वसामाडि जेसिजका अध्यक्ष विष्णु हरी पंडित , वस्तिपुर जेसिजका अध्यक्ष प्रेम वोलखे ,हेटौडा जेसिजका पुर्व अध्यक्ष कविन सांगामि लगाएतको आतिथ्यता रहेको थियो ।

 

यस बिषयमा तपाइको प्रतिक्रिया...!