तिन वालिका एकसाथ बेपत्ता

Posted on: 03 Dec, 2015

जिबराज बख्रेल/ मंसिर १७, मकवानपुर । मकवानपुरमा एक होस्टलमा वस्दै आएका तिन वालिका एक साथ वेपत्ता भएका छन् । हेटौडा ४ स्थित जि.आर.आर.एस होस्टमा वस्दै आइरहेका ९ वर्षिय सावित्री गिरी, ९ वर्षिय सरस्वती गीरी र १० वर्षीय मिनु मायाँ मोक्तान हराएको जनाइएको छ ।

वुधवार राष्ट्रिय उच्च मा.वि मा अध्यन गरेर ४ः३० वजे छुटेका उनिहरु होस्टलमा आइनपुरेको भन्दै कतै भेटिए प्रहरीमा खबर गर्न होस्टले अनुरोध गरेको छ । उनि हरु घरमा पनि नप’गेको पारीवारीक श्रोतले जनायो । उनिहरु विगत ६ महिना देखि होस्टलमा वस्दै आएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!