अहिलेको समस्याको जड 'नयाँ संविधानमा व्यवस्था गरिएको संघीयता'

Posted on: 07 Dec, 2015

मंसिर २१, मकवानपुर । परराष्ट्रविध हिरण्यलाल श्रेष्ठले अहिले देशको उत्पन्न समस्याहरुको जड नयाँ संविधानमा व्यवस्था गरिएको संघीयता भएको वताउनु भएको छ ।

राष्ट्रि«य जनमोर्चा नेपाल मकवानपुरले गरेको राट्रियता र नाकावन्धी विषयक अत्तक्रिया कार्यक्रममा वोल्दै उहाले संघीयता जनताको माग नभएको र दुई ठूला पार्टीहरु कांग्रेस र एमालेले पनि बाध्यात्मक रुपमा संघीयता स्वीकार गरेको जिकिर गन’ भयो । कार्यक्रममा वोल्दै उहाले कुनै पनि प्रजातान्त्रिक व्यवस्थामा राज्य पुनर्संरचना सम्वन्धि विषयवस्तुमा जनमतसंग्रहबाट निर्णय लिनु वाञ्छनीय हुने विचार राख्नु भएको थियो । संविधान जारी हुनुअघि गरिएको जनमत संकलनमा जनताले संघीयताको विरोधमा अभिमत प्रकट गरेको भन्दै उहाले त्यलाइ ध्यान नदिनु ठुलो भुल भएको वताउनु भयो । अहिले भइरहको नाका वन्धीको वारेमा उहाले भारतले अन्तर्रा्ष्ट्रिय ऐन कानूनहरु मिचेर नेपालमाथि नाकाबन्दी लगाएको विषयमा सरकारले संयुक्त राष्ट्रसंघ, विश्व व्यापार संगठन, अन्तर्रा्ष्ट्रिय मजदुर संगठनजस्ता निकायहरुलाई सूचित गर्नु पर्ने मा जोड दिनु भएको थियोे । “‘नेपालको समस्याको अवलोकन गर्न तिनीहरुका मिसनलाई नेपालमा निम्त्याउनुपर्छ र ती शक्ति राष्ट्रहरुसित नाकाबन्दीविरुद्ध लविङ गर्नुपर्छ, जो राष्ट्रसंघको सुरक्षा परिषदमा स्थायी सदस्य बन्ने भारतीय महत्वांकाक्षामा निर्णायक हुन्छन’’’् ।

भारतले बारम्बार नेपालमा नाकाबन्दीको अस्त्र प्रयोग गरेर आफ्नो स्वार्थ सिद्ध गर्ने सम्भावनालाई मध्यनजर गर्दै नेपालले चीनसित नयाँ र दूरगामी शान्ति तथा मैत्री सम्झौता गर्र्न पर्नेमा पनि उहाले जोड दिन’ भएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!