मकवानपुरमा ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु

Posted on: 10 Dec, 2015

जिवराज बख्रेल/मङ्सिर २४, मकवानपुर । मकवानपुरको हाँडीखोला तीन मसिनेमा विद्युत ट्रान्सफर्मर पड्कँदा दुई जनाको मृत्यु भएको छ ।

ट्रान्सफर्मर पड्केर गाउँभरी करेन्ट प्रवाह हुँदा सर्वसाधारणलाई करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर मृत्यु हुनेमा हाँडीखोला चार बस्ने १७ वर्षकी शर्मिला र अन्दाजी ६० वर्षकी प्रकशानी मोक्तान मोक्तान रहेका छन् , १८ जना घाइते भएका छन् ।

घाइते ह’नेमा मा हाँडिखोला गा.बि.स.वडा नं.३ बस्ने वर्ष ५२ की गोमा मगर ,३२ वर्षिय ठुलीमाया थिङ, २२ वर्षिय सिता दोङ, ३६ वर्षिय मोधराज स्याङतान, १८ वर्षिय प्रभुजन प्रजा रहेका छन त्यस्तै हाँडिखोला गा.बि.स.वडा नं.४ का ६० वर्षिय ठुलीमाया डिमडुङ, ६४ वर्षिय सिता अर्याल ४८ वर्षिय चन्द्र बहादुर थिङ पनि घाइते भएका छन ।

त्यस्तै हाडिखोला ४ कै ५१ वर्षिय बिर बहादुर थिङ, ४८ वर्षिय हस्त बहादुर थिङ, ४२ वर्षिय ठुली माया थिङ, ३८ वर्षिय सोम बहादुर मोक्तान, ३० वर्षिय रण बहादुर लामा, ७० वर्षिय साईली माया घलान र ४० वर्षिय वासना भोलन रहेको छन, घइतेमध्य हाडिखोला ४ का ३० वर्षिय राज कुमार गोङबा, ७० वर्षिय अक्कल बहादुर भोलन र५० वर्षिय तिर्सना स्याङबो लाइ भरतपुर पुरानो मेडिकल कलेज रिफर गरीएको प्रहरीले जनाइको छ ।

अन्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । हाँडीखोलाको वडा नम्बर तीन र चारमा हाइभोल्टेजका कारण करेन्ट लागेको थियो । त्यस क्षेत्रमा रहेको ट्रान्सर्फमर बिग्रिरए र मंगलबार मात्रै नयाँ ट्रान्सर्फमर राखेर राति बिजुली छोडिएको थियो ।

रातभर बिजुली आएपनि बिहानीपख एक्कासी हाइभोल्टेज आएपछि चार्जमा रहेका मोबाइल निकाल्ने तथा बजिरहेको रेडियो टिभी बन्द गर्ने क्रममा करेन्ट लागेको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!