हेटौडामा सवारी दुर्घटनामा परि ६५ जना घाइते, २५ जनाको अवस्था गम्भीर

Posted on: 09 Oct, 2016

असोज २३, हेटौँडा | दुई यात्रुबाहक बस एक आपसमा ठोक्किदा हेटौडामा करिब ६५ यात्रु घाइते भएका छन् । 

काठमाडौँबाट सर्लाहीतर्फ गइरहेको ना ५ ख ४०९६ नम्बरको यात्रुबाहक बस र विराटनगरबाट नेपालगन्जतर्फ गइरहेको ना ४ ख ४३४३ नम्बरको अर्को यात्रुबाहक बस आज बिहान ४:४५ बजे हेटौँडा नारायणगन्ज सडकखण्डको रमनटारमा एकापसमा ठोक्किदा ती यात्रु घाइते भएका हुन् । 

गम्भीर घाइते भएका २५ जनाको भरतपुरस्थित पुरानो मेडिकल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

त्यसैगरी सामान्य घाइते २० जनाको मनहरिस्थित प्राथमिक उपचार केन्द्रमा उपचार गरिएको स्थानीय इलाका प्रहरी कार्यालयले जनाएको छ । 

अन्य सामान्य चोटपटक लागेका यात्रुभने उपचार गरी आ–आफ्नो गन्तव्यतर्फ गएको प्रहरी उपरीक्षक मीरा चौधरीले बताउनुभयो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!