अत्याधिक चिसोका कारण मकवानपुर जिल्लाहरुको जनजिवन प्रभावित

Posted on: 17 Dec, 2015

पुस २, मकवानपुर । दुई सातादेखी बढेको अत्याधिक चिसोका कारण मकवानपुर जिल्लाहरुको जनजिवन प्रभावित बनेको छ ।

दुई साताअघिबाट नै सुरु भएको चिसो क्रमशः बढ्दै जाँदा जिल्लाको जनजिवन प्रभावित भएको छ भने केटाकेटी र वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।

बाक्लो हुस्सु र चिसोका कारण खास गरेर भुकम्प पिडित हरु तथा गरिव, दलित र विपन्नहरुको बस्तीमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास र हाडजोर्नीका बिरामी निकै बढेका छन् ।

जिल्ला सदरमुकाम हेटौडा देखि ग्रामीण भेगका स्वास्थ्य संस्थाहरुमा पनि अहिले बिरामीको चाप निकै बढेको जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!