करोड बढी रकम खर्च हुदा समेत निर्माण हुन सकेन अनारखोली कैलापाल देवल सडक

Posted on: 10 Oct, 2016

ललित बोहरा/२४ असोज डडेल्धुरा | डडेल्धुरा बैतडीको सिमाना अनारखोली बजार देखि कैलपाल र देवलदिव्यपुर जोड्ने ग्रामिण सडक निर्माणका लागी करोड बढी रकम खर्च भए पनि सडक सञ्चालन हुन सकेको छैन । तिन बर्ष यता निर्माण थालिएको १४ किलोमिटर सडकमा एक करोड बढी रकम खर्च  गरिए पनि सडक सञ्चालन हुन नसकेको स्थानियले बताएका छन । सांसद कोषको २५ लाख, आरसिआईडब्लु बैतडीको तिन बर्षको ३२÷३२ लाख रकम, २२ लाख  बराबर स्थानियको श्रमदान गरि एक करोड बढी रकम खर्च भए पनि सडक सुचारु हुन नसेकेको स्थानियले बताएका छन ।

    अनारखोली देखि चिपुर गाविसको भुलकुडा स्थित भरतपुर उच्च मावि सम्म १४ किलोमिटर सडक निर्माणका लागी करोड बढी रकम खर्च गरिए पनि गाडी सञ्चालन हुन नसकेको गाडी चालकले बताएका छन । सडक निर्माण समितीका पदाधीकारीले दैनिक साढे तिन सय ज्याला दिने भने पनि डेढ सय रुपैयाका दरले मात्रै दिएको स्थानियको आरोप छ । सडकका नाममा सोझा गरिव नागरिकलाई ज्यालामा ढगी गरे संगै सरकारी गैर सरकारी निकायको विकास तर्फको रकम सडक निर्माण समिती अध्यक्ष, सचिव लगायतकाले कुम्ल्याउदा सडक सञ्जाल बाट टाढीनु परेको स्थानियको दुखेसो छ ।  


यस बिषयमा तपाइको प्रतिक्रिया...!