दिदी र भिनाजुबाटै भाईको हत्या

Posted on: 18 Dec, 2015

पुस ३, मकवानपुर ।  मकवानपुरको छतिवन गाविसमा आफ्नै दिदीभिनाजु मिलेर भाईको हत्या गरेका छन । छतिवन ८ की रमिला माझीले आफ्नो श्रीमान धनबहादुर माझीले भतिजा भुगोल माझिको सहयोगमा आफ्नै भाई मेघबहादुर माझीको हत्या गरेको मकवानपुर प्रहरीले जनाएको छ ।

makwanpur hatya newsउनीहरुले मंसिर २८ गते छतिवन गाविस वडा नं–७, चोरभन्ज्या· स्थित दुर्गामाई सामुदायिक जंगलमा मेघबहादुरको हत्या गरेर ढुंगा र माटोले पुरेका थिए । हत्या भएको ३ दिनपछि रमिलाले शव आफ्नै भाइको रहेको पनि सनाखत समेत गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मिरा चौधरीले बताइन् ।

धन बहादुर माझीका अनुसार निजगढ काठमाडौको फास्ट ट्रयाक निर्माणको लागी जग्गाको क्षतीपूर्र्ती वापत ६१ लाख रकम मृतकको आमाले पाएको र उक्त रकमबाट धन बहादुरले मोटरसाइकल खरिद गरेका थिए । उनले आफ्नो भाई ३ हप्तादेखि हराइरहेको बताएकी थिईन् ।

२ महिना अगाडी मेघले घरमा कुटपीट तथा गालीगलौज गरी आजै घरबाट निस्केर जा भनेपछी रमीला र धन बहादुरले उनलाई मार्ने योजना बनाएका थिए । मेघले रक्सी खाएको बेला धनबहादुर र भुगोल मिलेर टाउकोमा हानी हत्या गरेको प्रहरीले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!