भीमफेदी वालगृहका वालवालिकाले लगाए दशैँको टीका—जमरा

Posted on: 13 Oct, 2016


असोज २७ हेटौँडा

 मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीस्थित वालगृहका अनाथहरुले आफू भन्दा ठूलावाट आषिक थाप्दै दशै मनाएका छन् । दशैको नयाँ कपडा लगाएर रातो टीका र पहेलो जमरासँगै दक्षिणा पाएपछि उनीहरु दङ्ग देखिन्थे । आफन्त गुमाएका र घर भन्दा टाढा वस्दै आएका वालमन्दिरका वालवालिकाहरु मान्यजनवाट टिका थाप्न पाएकोमा अभिभावक अभावलाई भुल्दै थिए ।

नेपाल वाल संगठन मकवानपुर शाखाको अगुवाईमा वालमन्दिरका वालवालिकाहरुका लागि दशैको टिकाको व्यवस्था गरिएको हो ।

वालगृह परिसरमा विहीवार आयोजित कार्यक्रममा संगठनको मकवानपुर शाखाका कार्यवाहक अध्यक्ष रमेश गिरी र सहसचिव राममणि दाहालले दशैँको शुभकामना ब्यक्त गर्दै सांस्कृति पर्व दशैलाई जीवन्त राख्न संगठनले सहयोग गरेको बताउनुभयो । यसअघि संगठनले दशैमा बालकालिकालाई खशी प्रदान गरेको थियो । कार्यक्रममा संगठनका सचिव दिपकदाश श्रेष्ठ, कृष्ण नकर्मीलगायतकाले वालवालिकाहरुलाई दशैको टिका लगाइदिनु भएको थियो ।

वालगृहमा हाल २६ बालबालिका आश्रित छन् ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!