दशै सकिएसँगै पोखरामा चहलपहल सुरु

Posted on: 14 Oct, 2016

कमल सुबेदी/ असोज २८, पोखरा ।   नेपालीहरुको महान चाड दशै सकिएसँगै पोखरामा चहलपहल सुरु हुन लागेको छ । दशैसगै सुनसान बनेको पोखरा दशै सकिएपछि फेरि चहलपहल बढेको हो ।  दशैमा घर जानेहरु पोखरा फर्कन थालेपछि चहलपहल बढेको हो । 

दशैका लागि भएको एक साता लामो बिदा सकिएसगै सरकारी कार्यालय समेत खुलेका छन् । सरकारी कार्यालय सँगै अन्य कार्यालय र  पसल खुलेपछि  सुनसान बनेको पोखरामा चहल पहल बढेको हो । पोखरामा अघिल्ला दिनमा भन्दा अहिले सवारी चाप पनि बढेको छ ।  कार्यालय खुले सँगै रोजगारीका लागि पोखरा आउने सर्वसाधारणहरु पोखरा आएसँगै पोखराका मुख्य बजार चिप्लेढुङगा, महेन्द्रपुल, पृथ्वीचोक, सृजनाचोक, विरौटा, अमंरसिहचोक, टुडिखेल लगायतका बजारमा फेरी चहपहल सुरु भएको छ ।


पोखरामा बिशेष गरि स्याङ्जा, लम्जुङ्ग, पर्वत, बाग्लङ्ग, गोरखा,मुस्ताङ्ग,पाल्पा तनहुँ जिल्लाका सर्बसाधारणहरु बसोबास गर्ने गर्दछन् ।सरकारी कार्यालय,क्याम्पस र विद्यालयहरु बन्द र  दशै मनाउन  सर्बसाधारणहरु  गाँउ हिडेपछि पोखरा सुनसान बनेको थियो ।  

फाइल तस्विर 



यस बिषयमा तपाइको प्रतिक्रिया...!