आफ्नै भिनाजुले गरे १० वर्षे सालीको बलत्कार पछि हत्या

Posted on: 14 Oct, 2016

कमल सुबेदी/ असोज २८, पोखरा ।  सुन्दा अचम्म लाग्न सक्छ , पोखरामा १० बर्षिय बालीकालाई बलत्कार गरेर आफ्नै भिनाजुले हत्या  गरेको रहस्य बाहिर आएको छ । कास्कीको ढिकुरपोखरी गाविस १ बस्तेको स्वारामा १० वर्षिय बालिकाको हत्या उनकै भिनाजुले गरेको खुल्न आएको छ ।


कास्की प्रहरी स्रोतले दिएको जानकारी अनुसार बालिकाकै भिनाजुले बलत्कार पछि हत्या गरेको अनुसन्धानले देखाएको बताएको छ । ढिकुरपोखरी गाविस १ बस्तेको स्वारामा बस्ने  राजकुमार विककी छोरी कन्चन विक शनिबार घरबाटै हराएकी थिइन् । उनी  घर नजिकै रहेको धान खेतमा मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरी अनुसन्धानले विकको बलत्कार पछि हत्या भएको र उनकै भिनाजुले हत्या गरेको देखिएको छ । विकका भिनाजुलाई  कास्की प्रहरीले प्रक्राउ गरि अनुसन्धान अगाडी बढाएको छ । विकका भिनाजुले बलत्कार पछि  हत्या गरेको स्विकारेको बताइएको छ । 

तस्विर टंक अधिकारी को फेसबुकबाट


यस बिषयमा तपाइको प्रतिक्रिया...!