शिक्षक सेवा आयोग उत्रीर्ण शिक्षकहरुको स्थायी नियुक्तिका लागि सिफारिस

Posted on: 07 Jan, 2016

educationपुस २३, हेटौडा । मध्यमान्चल क्षेत्रीय शिक्षा निर्देशनालय हेटौँडाले निम्न माध्यमिक तहमा शिक्षक सेवा आयोग उत्रीर्ण गरेका शिक्षकहरुको स्थायी नियुक्तिका लागि जिल्लामा सिफारिस गरेको छ ।

शिक्षा विभागबाट सिफारिस भई आएका निमा तहको उम्मेदवारहरुलाई शिक्षा मन्त्रालयबाट तोकिएको मापदण्ड अनुसार स्थायी नियुक्तिका लागि जिल्ला सिफारिस गरिएको क्षेत्रीय शिक्षा निर्देशनालय हेटौँडा उप निर्देशक बद्रीबहादुर पाठकले जानकारी दिनुभयो । शिक्षा मन्त्रालयले अपाङ्गलाई जिल्ला छनोटमा पहिलो प्राथमिकता दिएको थियो भने त्यसपछि महिलालाई प्राथमिकता र अन्त्यमा योग्यताक्रममाका आधारमा जिल्ला छनोट गर्न सकिने मापदण्ड बनाएको थियो ।

शिक्षक सेवा आयोगले निम्न माध्यमिक तहको परीक्षा गत असार २५ गते लिएको थियो । यस अघि माध्यमिक तहको शिक्षकहरुको जिल्ला तथा विद्यालय छनोट प्रक्रियासमेत सम्पन्न भइसकेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!