पोखराको तालबाराही मन्दिरमा एकैदिन तिस हजारले गरे दर्शन (फोटो सहित)

Posted on: 15 Oct, 2016


कमल सुबेदी | असोज २९, पोखरा | नेपालीहरुको महान चाड विजया दशमीको आज अन्तिम दिन पोखराको ताल बाराही मन्दिरमा दर्शनार्थीहरुको घुइचो लागेको छ । आज दशैको अन्तिम दिन कोजाग्रत पुर्णिमाको दिन घटस्थापनाको दिनमा राखेको जमरा आज विधिपुर्वक बिसर्जन समेत गरिएको छ ।

वडादशैको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा पोखराका विभिन्न शक्तिपिठहरुमा दर्शनार्थीको घुइचो लागेको छ । आज ताल बाराही मन्दिरमा ३० हजार दर्शनार्थीले मन्दिरमा पुजा गरेर फर्किएको ताल बाराही मन्दिर ब्यबस्थापन समितिले जानाकारी दिएको छ । ताल बाराही सगै पोखराको 

विन्ध्यावासिनी, भद्रकाली लगाएतका मन्दिरहरुमा दर्शन गर्ने दर्शनार्थीहरुको ठुलो भिड लागेको थियो । ताल वाराही मन्दिरमा दर्शनार्थीको घुइचो लाग्दा डुंगा ब्यवसायीलाई डुंगा ब्यवस्थापन गर्न गाह्रो भएको फेवाताल डुंगा ब्यवसायी समितिका उपाध्यक्ष बत्ती प्रसाद गुरुङ्गले जानाकारी दिए । दर्शनार्थीहरुको लागि ३५ वटा डुंगा लाई परिचालन गरि सेवा दिएको उनले बताए । 


मन्दिर दर्शनको लागि जाने आउने दर्शनार्थीको भिडले वाराही घाटका डुंगाहरु विहानै निकै ब्यतालको ब्यस्त देखिन्थे । तालको विचमा रहेको मन्दिर दर्शनको लागि पुगेका दर्शनार्थीको  सुरक्षाको लागि सुरक्षाकर्मीको बाक्लो उपस्थित रहेको थियो । कोजाग्रत पुर्णिमाको अबसर पारेर  बाराही घाटमा एक दिने मेला समेत लागेको थियो । मेलामा घरयासी सामानहरु किन्नको लागि सर्बसाधारणहरको बाक्लो उपस्थित रहेको थियो । साथै फेवाताल किनारमा  फेवा डुंगा ब्यवसायी समितिले राखेको पिङमा सर्बसाधारणहरु पिङ खेलेर मजा लिइरहेको देख्न सकिन्थ्यो । पर्यटकिय क्षेत्र पोखरामा बेला बेलामा हुने मेला महोत्सवले रमाइलो सगै आर्थिक क्षेत्र चलायमान हुने जानाकारहरु बताउछन् । 


यस बिषयमा तपाइको प्रतिक्रिया...!