चाडपर्वको समय सुदुर पश्चिममा सरकारी गाडीको दुरुपयोग

Posted on: 15 Oct, 2016

प्रकाश भाट | असोज २९, डडेल्धुरा | चाडपर्वका समयमा सुदुर पश्चिममा सरकारी गाडीको बढी दुरुपयोग हुदै आएको छ । सरकारी जिप देखी मोटरबाईक कार्यालयका कर्मचारीहरुले निजि, घरको काममा प्रयोग गर्ने गरेका छन् । 

घरको समान ढुवानी देखी आफ्न्तलाई बोक्नमा सरकारी गाडीको दुरुपयोग हुने गरेको पाइएको । सुदुरपश्चिमको डडेल्धुरा लगायत अन्य आठ बटै जिल्लामा चाडवर्पका समयमा कर्मचारीहरुले सरकारी गाडीको दुरुपयोग गर्ने गरेका छन् । डडेल्धुरा, कैलाली,कञ्चनपुर, बैतडी, डोटी, अछाम, बाजुरा, दार्चुला, बझाङ जिल्लाका सरकारी अधिकांस सरकारी गाडीको व्यापक रुपमा दुरुपयोग भईरहेको स्थानिय बासीन्दाहरुले गुनासो गरेका छन् । साथै सुदुरपश्चिमका जिल्लामा अन्य जिल्ला घर भई काम गर्ने कर्मचारीहरु समेत सरकारी गाडी प्रयोग गरी आफ्नो गृह जिल्ला जाने गरेका छन् । गाडी मात्रै नभई ईन्धन समेत कार्यालयकै पैसामा खरिद गरी प्रयोग गर्ने गरेको पाइएको छ ।

अन्य समय भन्दा चाडपर्वका समयमा सरकारी गाडीको बढी प्रयोग हुने आम सर्वसाधारणले बताएका छन् । चाडपर्वका समयमा सुदुरपश्चिमका सडकहरुमा सरकारी गाडी बढी चल्ने गरेको क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरीया कैलाली स्रोतले जनाएको छ । सरकारी गाडी एक जिल्ला भन्दा अर्को जिल्ला लैजानु पर्दा सम्वन्धीत जिल्लाका प्रमुख जिल्ला अधिकारीको अनुमती लिनु पर्ने भए पनि त्यसो नगर्ने गरेको जिल्ला प्रशासन कार्यालयहरुले जनाएका छन । केहीले जिपको अनुमती लिने गरेको भएपनि मोटरबाईकको भने अमनुती नलिने गरेको समेत स्रोतले जनाएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!