प्रविधिको विकाससँगै हुलाक कार्यालय जुम्लामा चिठिपत्र आउने संख्या घट्दै

Posted on: 15 Oct, 2016

नन्दराम जैशी | असोज २९, जुम्ला | प्रविधिको विकाससँगै हाल जिल्ला हुलाक कार्यालय जुम्लामा चिठिपत्र कम आउन थालेका छन् । 

ब्यक्ति तथा संघ संस्थाले इेमेल, इन्टरनेट, फ्याक्स लगाएत प्रविधिको प्रयोग गर्ने गरेकाले हुलाक कार्यालयमा चिठिपत्र कम आउन थालेका हुन् । विगत पाँच बर्ष पहिले कार्यालयमा दैनिक २ सय भन्दा बढि चिठिपत्र आउने गरेकोमा हाल दिन प्रतिदिन चिठिपत्र आउने संख्या घट्दै गएको कार्यालयले जनाएको छ । 

पहिले हुलाक मार्फत ब्यक्तिगत चिठिपत्र आउने गरेकोमा हाल ब्यक्तिगत चिठिहरु आउन छोडेको कार्यालय स्रोतले जनाएको छ । कार्यालयले संचालन गर्दै आएको टेलिसेन्टर पनि हाल बन्द अवस्थामा रहेको रहेको छ । विद्युतको अभाव र केन्द्रीय कार्यालयबाट आवाश्यक सामान नपठाएका कारण टेलिसेन्टरको सेवा बन्द रहेको कार्यालयले जनाएको छ ।     

यस बिषयमा तपाइको प्रतिक्रिया...!