कास्कीमा यो बर्षको दशै शान्तिपूर्ण

Posted on: 15 Oct, 2016

असोज २९, पोखरा | कास्कीमा यो बर्षको दशै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । जिल्लाभर छिटफुट घटना बाहेक अन्य कुनै अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय कास्की जनाएको छ ।

दशैको फुलपातीको दिन कास्कीको ढिकुरपोखरी १ मा भिनाजु नाता पर्ने २४ बर्षीय ईश्वर विकले १० बर्षकी साली कञ्चन विकको बलात्कार पछि हत्या गरे । घटनामा संलग्न अभियुक्त अहिले कास्की प्रहरीको हिरासतमा छन् ।

त्यस्तै असोज १७ गते काठमाडौंबाट पोखरा हुदै बुर्तिवाङ जादै गरेको ग १ ख ६१६९ नम्बरको बस याम्दी पुल नजिक दुर्घटना हुदा दुई जनाको ज्यान गयो । २३ जना भन्दा बढी घाइते भए । असोज २१ गते पोखराको पुम्दीभुम्दीमा ग १ ख ६७९४ नम्बरको बस दुर्घटना हुदा १२ भन्दा बढी घाइते भए ।

त्यस वाहेक जिल्लाभर अन्य कुनै अप्रिय घटना नभएको प्रहरी नायव उपरिक्षक गजुसिद्धी बज्राचार्यले जानकारी दिए । चाडपर्वको बेला अघिल्ला बर्षको जस्तो चोरी, लुटपाट तथा अन्य सार्वजनिक अपराधको घटनामा कमी आएको कास्की प्रहरीले जनाएको छ ।

दशै, तिहार, छठ तथा ल्होसार लगायतका चाडपर्वलाई लक्षित गरी लागू गरिएको विशेष सुरक्षा योजना अन्तर्गत जिल्ला भर सुरक्षा ब्यवस्था कडा पारिएकाले पनि अपराधिक घटनामा कमी आएको प्रहरीले जनाएको छ । चाडपर्व विशेष सुरक्षा योजना आगामी ठूला चाडपर्वसम्म जारी रहने र प्रहरी तैनाथी पनि बढाइएको जिल्ला प्रहरी कार्यालयल कास्कीले  जनाएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!