हेटौडालाई बालश्रम मुक्त बनाउन विभिन्न संस्थाका प्रतिनिधीहरुको प्रतिबद्धता

Posted on: 07 Jan, 2016

Balsramपुस २३, हेटौडा । हेटौंडा उपमहानगरपालिकालाई बालश्रममुक्त बनाउन सघाउ पुर्याउने विभिन्न संस्थाका प्रतिनिधीले प्रतिबद्धता जनाएका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा कार्यक्रम गर्दै आइरहेका संस्थाहरुको आज हेटौंडामा आयोजित अर्धबार्षिक समिक्षा कार्यक्रममा यस्तो प्रतिबद्घता जनाइएको छ ।

बालश्रममुक्त अभियानमा सक्रिय बालकल्याण समाज मकवानपुरले प्लानसंग सहकार्य गरी विभिन्न कार्य सञ्चालन गर्दै आइरहेका संस्थासंग प्रतिबद्घता लिएको हो । हेटौंडा उपमहानगरपालिकाको अगुवाईमा भइरहेको अभियानलाई सार्थक बनाउन राडो नेपाल, सामुदायिक उर्जा तथा पर्यावरण विकास मञ्च, कोसान, सीसीडिएन, होस्टेहैंसे समूह, सिडिओ नेपाल लगायत संस्थाले सघाउ पु¥याउने प्रतिबद्घता जनाएको बालकल्याण समाज मकवानपुरका कार्यक्रम संयोजक प्रकाश खतिवडाले जानकारी दिनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!