छतिवनमा जारी महायज्ञमा बिहिवार ५ लाख ३२ हजार रुपैया संकलन

Posted on: 08 Jan, 2016

जिबराज बख्रेल/ पुस २४, मकवानपुर । एम्बुलेन्स खरिद सहयोगार्थ पूर्वि मकवानपुरको छतिवनमा जारी महायज्ञमा विहिवार ५ लाख ३२ हजार रुपैया सहयोग संकलन भएको छ ।छतिवन २ हात्तिसुडेमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा विभिन्न क्षेत्रवाट सहयोग सहयोग गर्ने हरुको सङख्या वृद्धि भइरहेको क्लबका अध्यक्ष बिजय लामाले जानकारी दिनुभयो । महायज्ञमा आज नेकपा एमाले जिल्ला कमिटि सदस्य दल वहाद’र वाइवा बाट ५५ हजार ५ सय ५५ ,भोजराज लामिछानेबाट ५१ हजार , वेदमाइ गौतमवाट ३३ हजार ३ सय ३३ , ज्ञान खड्कावाट २५ हजार ५ सय २५ प्राप्त भएको जनाइएको छ । त्यस्तै रन्जिता घिमिरेले ५० हजार १ यस ५१ , कर्म प्राप्ति मावी कर्मचुलीले १९ हजार १ यस २१ , चुरे भावर राट्रिय एकता पार्टि नेपालले ११ हजार १ यस ११ , महेन्द उमावि छतिवनले ११ हजार १ यस ११ रुपैया सहयोग गरेको छ । त्यस्तै लाल कुमारी अधिकारीवाट १० हजार १ यस , नेपालि काग्रस धर्मराज लामिछानेवाट १३ हजार । नेपालि काग्रेस १ नं क्षत्रिय सभापति दामोदर खनाल ७ हजार ५ सय सहयोग प्राप्त आयोजकले जनाएको छ । पण्डित दिनबन्धु पोखरेलद्वारा कथा वाचन भइरहेको महायज्ञमा संकलित रकम वाट ग्रामिण भेगमा स्वास्थ्य सेवालाई थप सहज बनाउनको लागि एम्बुलेन्स संचलन गरीने छ । विशुद्ध धर्म र सेवाको भावनाले संचालन भइरहेको महायज्ञमा यहयोग गरी सामाजिक कार्यमा सहभागित हुन अध्यक्ष लामाले सबैलाई आग्रह गर्नु भएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!