लामिटारमा ६ गतेबाट महायज्ञ

Posted on: 10 Jan, 2016

पुस २६, मकवानपुर । मकवानपुरको हाँडीखोला–६ लामिटारमा श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । श्रीकृष्ण भगवानको मन्दिर स्थापना एवम् अन्य भौतिक संरचना निर्मँणको उद्देश्यले यहि माघ ६ गतेबाट महायज्ञ सञ्चालन हुन लागेको हो । शनिबार भएको स्थानीयहरुको भेलाले महायज्ञ सञ्चालनको निम्ति मूल समारोह समिति समेत गठन गरेको छ ।

स्थानीय रामकृष्ण शाही ठकुरी संयोजक रहेको १७ सदस्यीय मूल समारोह समिति गठन भएको हो । ‘हामी स्थानीयबासिन्दा कै सकृयतामा तिहारमा द्यौसीभैलो खेलेको पैसा र विभिन्न व्यक्तिबाट संकलन गरिएको एकलाख ८७ हजार रुपैंयाबाट कोटेश्वर महादेव र पञ्चकन्यादेवी माईको मन्दिर निर्माण ग¥यौँ’, उनले भने, ‘दुईवटा मन्दिर भएकै स्थानमा कृष्ण भगवानको मन्दिर निर्माण गर्ने र सत्तललगायतका आवश्यक संरचना निर्माणका लागि सप्ताह आयोजना गर्ने निर्णय गरिएको हो ।’ १४ गतेसम्म सञ्चालन हुने सप्ताहको ६ गते उद्घाटन एवम् कलशयात्रा हुनेछ ।

सप्ताह सञ्चालनको निम्ति गठित मूल समारोह समितिको उपाध्यक्षमा कृष्णबहादुर थिङ, सचिवमा कमल गौतम, कोषाध्यक्षमा ओमप्रसाद चौलागाईं र सदस्यमा केशव खतिवडा, गोपालबिक्रम राणा, श्याम कार्कीलगायत रहेका छन् । सप्ताहमा पण्डित नवराज धितालले कथा वाचन गर्ने मूल समारोह समिति कोषाध्यक्ष ओमप्रसाद चौलागाईंले जानकारी दिए ।

लामिटारको दमारटोलमा रहेको खाली जग्गालाई धार्मिक क्षेत्र बनाउने उद्देश्यका साथ स्थानीयबासीले सकृयता बढाइरहेका छन् । केही दिन अघि मात्र कोटेश्वर महादेव र पञ्चकन्यादेवी माईको मन्दिर निर्माण पश्चात उद्घाटन समेत गरिसकेका उनीहरुले अन्य कुनै निकायबाट सहयोग नपाएको गुनासो गरेका छन्

यस बिषयमा तपाइको प्रतिक्रिया...!