आश्रम सहयोगार्थ “फन्को” को च्यारिटी हुने

Posted on: 13 Jan, 2016

पुस २९, मकवानपुर / हेटौडामा रहेको मानव सेवा आश्रमको भवन निमार्णको लागि सहयोग पु¥याउने उद्देश्यले हेटौडामा नेपाली फिल्म फन्कोको माघ १ गते ओम्याक्स हलमा च्यारिटी हुने भएको छ । वयोवृद्घ व्यक्तीहरुको सेवा गर्दै आइरहेको मानव सेवा आश्रमको अहिले भवन निमार्ण भइरहेको छ । उक्त भवन निमार्णको सहयोगार्थ चलचित्र फन्कोको च्यारिटी गर्न लागेको कार्यक्रम संयोजक कलाकार सुशान्त श्रेष्ठले बताउनु भयो ।

माघ १ गते बिहान ८ बजे को सोमा चलचित्र देखाइने र चलचित्रका सबै कलाकार समेत उपस्थित हुने फिल्मका निर्माता सहदेब गौतमले बताउनुभयो । लुट फिल्मबाट चर्चामा रहेका कलाकार दयाह्याङ राई , सौगात मल्लले पुन यस फिल्ममा अभिनय गरेका छन्, । चलचित्र फन्कोमा सौगात मल्ल, दयाह्याङ राइर्, केकी अधिकारी, प्रियका कार्की, अनुप बराल, अर्जुन गुरुङ, केशब भट्टराई, प्रकाश घिमिरे प्रदिप ढकाल लगायतको अभिनय रहेको छ ।

हेटौडा मुभि मेर्कश टिमको प्रस्तुतिरहेको फन्कोलाई नरेन्द्र महर्जन, सहदेब गौतम, पदम गुरुङले सयुक्तरुपमा निर्माण गरेका हुन्, । ठुङ्दे ठुङ्दे... बोलको गीतले चर्चामा रहेको फन्कोमा बिपिन मल्लको सम्पादन, चन्द्र पन्तको द्घन्द, चेतन सापकोटाको संगीत, कविराज गहतराजको नृत्यरहेको छ ।

फन्कोलाई सुवर्ण थापाले निर्देशन गरेका छन्, । हेटौडा लगायत देशको बिभिन्न शहरहरुमा माघ १ गतेबाट प्रदर्शन हुदैछ । हेटौडा हुने च्यारिटी सो मा कलाकारहरुमा सौगात मल्ल, दयाह्याङ राइर्, केकी अधिकारी, प्रियका कार्की, अनुप बराल, अर्जुन गुरुङलगायतको उपस्थित हुने बताइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!