आफ्नो माग राख्दा अरुको अधिकार खोस्न मिल्दैनः डा. महत

Posted on: 14 Jan, 2016

Ramsaran-mahatपुस ३०, मकवानपुर । पुर्ब अर्थमन्त्री तथा नेपाली काग्रेशका नेता डाक्टर रामशरण महतले आफ्ना माग हरु राख्दा कसैले पनि अरुको अधिकार खोस्न नमिल्ने वताउनु भएको छ । मधेशबादी दलहरुलाइ लक्षित गर्दै उहाले यस्तो वताउन’ भएको हो ।

डाक्टर महतको स्वागत तथा सम्मानमा मकवानपुर उद्योग बाणिज्यसंघको आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मधेसी मोर्चाले आफ्ना अधिकारका लागि माग गर्दै आन्दोलन गर्दा अरु नागरिकका अधिकारहरु खोस्न नमिल्ने बताउनुभयो । यस मुलुकमा राजनितिक स्वार्थका कारण आन्दोलन नहुने हो भने नेपाल ठुला मुलुक भन्दा यहाँको अर्थतन्त्र राम्रो हुने भन्दै उहलो अहिलेनै मुलुकले घुडा टेक्ने स्थीती सृजना नभएको वताउनु भयो ।

तराईको आन्दोलन अराजक रुपमा अगाढी बढीरहँदा त्यहाँका नागरीकले सास्ती भोग्नुपरेको भन्दै शान्तिपुर्ण रुपमा आन्दोलन गर्न पनि उहाले आन्दोलतरत पक्ष सँग अग्रह गर्न‘ भएको थियो । उहाँले भन्नुभयो – बालबालिकाहरु बिद्यालय जान पाएका छैनन् । दैनिक जनजिवन कष्टकर बन्दै गएको छ । त्यसैले मधेशको आन्दोलन शान्तीपुर्ण रुपमा जानु अहिलेको आबस्यक छ ।’ अहिले चार महिना देखिको नाकाबन्दी र पाँच महिना देखिको आन्दोलनका कारण मुलुकमा ठुलो समस्या परेको उहाँले बताउनुभयो ।

अब मुलुकमा बन्द हड्ताल त्यागेर राष्ट्रको बिकाशका लागि उत्पादनमा लाग्नुपर्ने महतले बताउनुभयो । अहिलेको अबस्थामा लगानिको वातावरण सिथील भएको उहाँको भनाई छ । कार्यक्रममा नेपाली काग्रेशकी केन्द्रीय सदस्य तथा सांसद महाँलक्ष्मि डिना उपाध्यायले नाकाबन्दीका कारण यहाँका उद्योगहरु धरासाहि बन्दै गएको बताउनुभयो । मकवानपुर भएर निर्माण हुने सुरुङमार्ग, फाष्ट्रयाक, चाँडो निर्माण्(ा हुनुपर्ने उहाँले बताउनुभयो ।

नाकाबन्दीका कारण उद्योगिहरुलाई परेको घाटा सरकारले मलम लगाउनुपर्ने सांसद उपाध्यायको भनाई छ । कार्यक्रममा राप्रपा नेपाल मकवानपुरका अध्यक्ष नबराज बिष्ठ, मकवानपुर उद्योग बाणिज्यसंघका एसोयिट सदस्य बिजयकुमार बैद्य लगायतकाले मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष राजकुमार न्यौपानेको अध्यक्षतामा भएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!