डडेल्धुराका महिला हाते सिपको माध्यमबाट फुल बनाउन तर्फ आकर्षित

Posted on: 17 Oct, 2016

धु्र्ब बिष्ट /०१ कार्तिक डडेल्धुरा |डडेल्धुरा जिल्ला सदरमुकामका अधिकांस महिलाहरु पनि अहिले हाते सिपको माध्यमबाट आर्कषक फुल बनाउन तर्फ आकर्षित भएका छन । आवश्यक प्रयोग गरी फ्याकिएका एक्सरे कार्ड र फ्याकिएका मादकपदार्थका बोतलहरु सङ्कलन गरेर सजाउनका लागि फुल बनाउनेहरुको लहर नै चलेको छ । हाते सिपको माध्यमबाट बनाइने फुलहरु निकै आकर्षण देखिने भएकाले अहिले घर, पसल, कार्यालय तथा बिभिन्न ठाँउहरुमा सजाइन थालेका छन ।

शहर बजारदेखि लिएर ग्रामिण बस्तिहरु सम्म नै यसरि फुल बनाउने लहर छाएको छ । आजभोली सबैका घर–घरमा तथा पसलहरुमा समेत महिलाहरु फुल बनाउन व्यस्त देखिन्छन । अस्पतालमा प्रयोग गरिने एक्सरे कार्ड र मादक पदार्थ सेवन गरी फालिएका लाम्चो देखिने भोड्का नामक बोत्तलमा ऊन बेरेर सजावटका सामाग्रि फुल बनाइने गरेको छ । एक्सरे कार्डलाई स–साना टुक्रा बनाएर सोहि टुक्रामा ऊन बेरेर तथा मदिराका बोत्तलमा समेत ऊन वेरेर आर्कषक फुल बनाई विक्री गरीरहेका छन । लागत तथा मिहिनेत कम लाग्ने र गाह्रो काम पनि नभएकाले यो पेशा अपनाए राम्रै हुने यसमा सलंग्न महिलाहरुको भनाई छ । यसरि तयार पारिएको फुल २ सय देखि ५ सय रुपैँया सम्ममा बिक्रि गर्न सकिने उनिहरुको भनाई छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!