वन बिज्ञान अध्ययन संस्थान हेटौडाको प्रबेश परिक्षा अब फेरी संचालन हुने

Posted on: 14 Jan, 2016

पुस ३०, मकवानपुर । जिल्ला प्रशाशन कार्यालय मकवानपुरले बल प्रयोग गरेर स्थगित गरिएको वन बिज्ञान अध्ययन संस्थान हेटौडाको प्रबेश परिक्षा अब फेरी संचालन हुने भएको छ । सबोच्च अदालतले वन बिज्ञानमा रोकीएको परिक्षा संचालन गर्नएका लागि अन्तरीम आदेश दिएकाले यो परिक्षा फेरी सुचना जारी गरेर संचालन गरिन लागिएको हो । वन बिज्ञान अध्यन संस्थान हेटौडा क्याम्पसका सदस्य सचिब रामलक्षन प्रसाद यादबले आज बिज्ञप्ती जारी गर्दै रोकीएको परिक्षा संचालन गर्ने तयारीमा रहेको बताउनुभयो । यही पुस २५ गते गर्ने भनिएको प्रबेश परिक्षा प्रशाशनको कारण रोकीएकाले अब सर्बोच्चको आदेश संगै परिक्षा पनि संचालन हुने यादबद्धारा जारी बिज्ञप्तीमा उल्लेख गरिएको छ । बिथोलीएको प्रबेश परिक्षा डिनको कार्यालय वनबिज्ञान अध्यन संस्थान पोखराद्धारा यथासिघ्र संचालन गर्न लागिएको उहाँले बताउनुभयो । केही ब्यक्ति बिशेषको कारणबाट रोकिन गएको परिक्षाले गर्दा बिद्यार्थी तथा अभिभाबकमा पर्न गएको असुबिधाप्रति क्याम्पसले क्षमायाचना गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!