सत्यकृत फाउन्डेसनले पोखरेलीहरुलाई रक भजनमा झुमाउने

Posted on: 18 Oct, 2016

कमल सुबेदी | कात्तिक २, पोखरा | सत्यकृत फाउन्डेसनको प्रस्तुतीमा सत्यकृत समुहले पोखरामा रक भजन कन्सर्ट गर्न लागेको छ । पोखरामा आउदो शनिबार साझ ५ बजे लेकसाइडको खुल्ला सडकमा हुने फाउन्डेसनका अध्यक्ष विजय गौतमले जानाकारी दिए । कार्यक्रममा रक, लोक रक, स्लो रक, फ्युजन तथा टिपिकल भजनहरु प्रस्तुत गरिने गौतमले जानकारी दिए ।

भजन प्रति युवा पुस्ताको आकर्षण बढाउनका लागि रक भजन कन्सर्ट गर्न लागिएको कार्यक्रमको स्थानिय ब्यवस्थापन गरिरहेका टिम फाइभ प्याराग्लाडिङ्गका बालकृष्ण बसेलले  बताए । निशुल्क प्रबेश राखिएको कार्यक्रमका लागि हुने खर्च हामी आफैले स्थानिय ब्यवस्थापन गरि उठाइरहका छौ  आयोजक मध्येका पोखरा पिज्जा हाउसका सञ्चालक विजय गुरुङ्गले भने । कार्यक्रमको स्थानिय आयोजकका रुपमा पोखरा पिज्जा हाउस, टि टाइम रेष्टुरेण्ट र टिम फाइभ प्याराग्लाइडिङ्ग रहेका छन् ।

पोखरामा भइरहेका इभेन्ट भन्दा अलि पृथक इभेन्ट भएकाले दर्शकको उल्लेख्य उपस्थिती रहने आयोजकको अपेक्षा रहेको छ । सत्यकृत फाउन्डेसन अन्र्तगतको सांगीतिक समुह सत्यकृत ब्याण्डले यस अघि धरान, पाल्पा, काठमाण्डौ लगायतका ठाँउहरुमा कन्र्सट गरिसकेको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!