जनजागरण पार्टी नेपालका महासचिव खनाललाई सम्मान

Posted on: 18 Jan, 2016
जीवराज बख्रेल । माघ ४, हेटौडा । भूकम्प पीडितलाई सहयोग गरेको भन्दै जनजागरण पार्टी नेपालका महासचिव वीपी खनाल मकवानपुरको रातोमाटेमा सम्मानित हुनुभएको छ ।

मकवानपुरका विभिन्न गाविसका भूकम्प पीडितलाई अस्थायी टहरा निर्माणमा सहयोग पुर्याउनुका साथै त्रिपाल, जस्तापाता, खाद्यान्न लगायत कपडा वितरण गरेको भन्दै रातोमाटे आशिष चर्चले सम्मान गरेको हो । चर्चका पाष्टर दर्जबहादुर पाख्रिनले दोसल्ला ओढाएर सम्मान गरेको ख्रिष्टियन समुदायमा क्रियाशील संस्था युथ फर क्राइस्ट हेटौंडाका संयोजक गोविन्दप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

भूकम्पका बेलामा मकवानपुरको राक्सिराङ , हाँडीखोला, काकडा, मनहरी, चैनपुर, हर्नामाडी, आमभञ्ज्याङ लगायतका भूकम्प प्रभावित क्षेत्रमा महासचिव खनालले सहयोग पुर्याएको कार्यक्रम संयोजक तथा सहपाष्टर प्रशान्त देवले बताउनुभयो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!