क्याम्पमा आगजनी गरेको आरोपमा मुद्धा चलाइएका ५ जनालाई सफाई

Posted on: 18 Jan, 2016

जीवराज बख्रेल । माघ ४, हेटौडा । मकवानपुर बहुमुखी क्याम्पमा आगजनी गरेको आरोपमा मुद्धा चलाइएका ५ विद्यार्थीलाई जिल्ला अदालत मकवानपुरले सफाई दिएको छ । जिल्ला न्यायाधिश नारायणप्रसाद पौडेलको ईजलासले आज सोमबार विद्यार्थीहरु अमृत बर्तौला, गिरिजा अधिकारी, राकेश महर्जन, हेमबहानुर थिङ र श्रवण बर्तौलालाई सफाई दिएको हो ।

उनीहरुले क्याम्पस प्रमुख डोरमणी पौडेलको कार्यकक्षमा आगजनी गरेको आरोपमा क्याम्पस प्रशासनले प्रहरीमा उजुरी दिएका थिए । प्रहरीले उनीहरु बिरुद्ध सार्बजनिक अपराध ऐन अन्र्तत मुद्धा चलाएको थियो । प्रहरीले दावी गरेअनुसार प्रमाण नदेखिकाले अरोपित विद्यार्थीहरुलाई सफाई दिएको अदालतले जनाएको छ । विद्यार्थीहरुको तर्फबाट अधिवक्ता केशव गौतमले बहस गरेका थिए ।

क्याम्पस अध्यक्ष पौडेलको कार्यकक्षमा तीन महिना अघि अगलागी भएको थियो । सफाई पाएकामध्ये महर्जन राप्रपा नेपाल सम्बद्ध विद्यार्थी संगठनका नेता हुन् भने अन्य सबै नयाँ शक्ति निर्माण अभियानका अभियान्ता छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!