हेटौडा १६ नम्बर वडामा नयाँ शक्ति गठन

Posted on: 18 Jan, 2016

जीवराज बख्रेल । माघ ४, हेटौडा । हेटौंडा उपमहानगरपालिका–१६ नयाँ बस्तीमा नयाँ शक्ति निर्माण अभियानको कमिटी विस्तार गरिएको छ । मंगलबार भएको भेलाले हर्कलाल बलको संयोजकत्वमा ३९ सदस्यीय कमिटी निर्माण गरेको हो ।

जसको कार्यालय सचिवमा कृष्णमाया तितुङ रहेका छन् । सदस्यहरुमा जितबहादुर स्याङ्तान, विकास रुम्बा, पूर्ण भ्लोन, लाल सिं दोङ, गोमा मोक्तान, वुद्ध बल, सरस्वती बललगायत रहेका छन् । नयाँ शक्ति निर्माण अभियानका अभियन्ता सोनाम सिं स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको भेलामा ज्योति रायमाझी, निबन्ध लामालगायतको आतिथ्यता रहेको थियो ।यसैचिच हेटौंडा–९ मा रहेको प्रगति उच्च माविमा नयाँ शक्ति निर्माण अभियानमा विद्यार्थीको भूमिका विषयक अन्तरक्रिया भएको छ ।

नयाँ शक्ति निर्माण विद्यार्थी अभियान प्रगति उच्च मावि इकाइ कमिटीको आयोजनामा मंगलबार अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । इकाई संयोजक राजन चौलागाईको अध्यक्षतामा भएको कार्यक्रममा नयाँ शक्ति निर्माण अभियान मकवानपुरका संयोजक प्रल्हाद लामिछानेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अभियन्ताहरु कुमार वर्तौला, ज्ञानेन्द्र लामिछाने, उमेशकुमार मगर, श्रवणकुमार वर्तौला, सुमन श्रेष्ठ, सुजन थापा मगर लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!