जीवन उपयोगी प्रशिक्षण दिदै ख्रिष्टियनको चार दिने जवान सम्मेलन सम्पन्न

Posted on: 19 Oct, 2016

कात्तिक ३, डडेल्धुरा । मानव स्वास्थ्य देखि जिवन विकास गर्न उपयोगी ज्ञान शिपको विकास गराउने उद्देश्यले डडेल्धुरा सदरमुकाममा सञ्चालित चारदिने सुदुरपश्चि पहाडी क्षेत्रको जवान सम्मेलन आज बेलुका सम्पन्न हुदै छ । 

सुदुरपश्चिमका सात पहाडी जिल्लाका ख्रिष्टियन धर्मामावलम्बि युवा सम्मिलत सम्मेलनमा शिक्षा संगै समाजमा आम नागरिकको उत्तरदायित्व बोध हुने गरी प्रशिक्षण गरिएको थियो । सम्मेलनमा बाईबल भन्दा पनि कुनै समाज वा राष्ट्रको नागरिक भई सके पछि समाज राष्ट्रका लागी बहन गर्नु पर्ने उत्तरदायित्व, कर्तव्य बोध हुने बिषयवस्तु माथि प्रकास पारिएको जनाईएको छ । 

युवा सम्मेलनमा कुलतबाट टाढा रहनु पर्ने, आपराधिक क्रियाकलापमा संलग्न नहुने, जवानहरुले यस्ता कुलत दुव्र्यवसनी, अपराधमा संलग्न हुदा देश तथा नागरिकको उन्नती नहुने, यसमा सजक हुनु पर्ने एवम विविध नैतिकताका बिषय वस्तुमा प्रशिक्षण गरिएको प्रशिक्षक पास्टर गंगा साउदले रेडियो अमरगढीलाई बताएका छन । 

सम्मेलनमा काठ्माण्डौका डा.नारायण शर्माले समाज राम्रो बनाउने, राम्रो समाज बने मात्रै नागरिक तथा देश विकासको सम्भावना रहने लगायत राष्ट्र प्रति जिम्मेवार बन्ने बिषयमा प्रशिक्षण गरिएको उनले जानकारी दिएका छन । 

थै पास्टर साउदले चर्चका क्रियाकलाप फरक हुने जनाउदै सम्मेलनमा बाईबाल सिकाउनु भन्दा जुन राष्ट्रको नागरिक हो राष्ट्रका लागी निभाउनु पर्ने कर्तव्य बारे प्रकास पारिएको बताएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!