डडेल्धुरामा उपचारार्थ बेवारिसे कुष्ठ रोगीको थप उपचारका लागि पाल्पा मिसन अस्पताल रेफर

Posted on: 19 Oct, 2016

धुर्ब बिष्ट/कात्तिक ३, डडेल्धुरा । उप–क्षेत्रिय अस्पताल डडेल्धुरामा बिगत १ महिना देखि उपचारथ कुष्ठ रोगका बेवारिसे एक बिरामीलाई थप उपचारका लागि बुधबार पाल्पा मिसन अस्पतालमा पठाइएको छ । 

उप–क्षेत्रिय अस्पताल बिकास समिति डडेल्धुराका अध्यक्ष लक्ष्मण सिंहको अध्यक्षतामा बुधबार बिहान बसेको सर्वपक्षिय बैठकले रोल्पा केउरी गाबिस–५ का ३० बर्षिय खर्के डाङीको थप उपचारका लागि पाल्पा मिसन अस्पतालमा पठाउने निर्णय गरेको हो । मानसिक सन्तुलन गुमाएका बिरामी डाङीलाई डडेल्धुरा बजारमा बिगत एक महिना अघि अस्पताल श्रोतले फेला पारी उपचार गरेको अध्यक्ष सिंहले बताएका छन ।

दिशा पिसाव समेत आङमै गर्ने डाङीका दायाँ खुट्टाका औँलाहरु कुहिएर गन्हाउने शुरुको अबस्थाबाट उपचार गरि अहिले केही हद सम्म ठिक भइसकेको र बाकिँ अझै थप खुट्टाको अप्रेशन गर्नु पर्ने अबस्था समेत देखिएकाले थप उपचार गर्न पाल्पा मिसन अस्पतालमा पठाउन लागिएको सर्वपक्षिय बैठकमा अध्यक्ष सिंहले जानकारी गराएका थिए ।

सर्वपक्षिय बैठकले उप–क्षेत्रिय अस्पताल डडेल्धुराको एम्बुलेन्स प्रयोग गर्ने, एम्बुलेन्समा आवश्यक इन्धनको बन्दोबस्तका लागि अमरगढी नगरपालिका र जिल्ला बिकास समिति डडेल्धुरा सगं समन्वय गर्ने र बिरामी सगं अस्पतालका एक जना स्वास्थ्य प्राविधिकलाई पनि पठाउने निर्णय गरेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!